राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चुनावमा चार लाखसम्म खर्च गर्न पाउने


काठमाण्डु- निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारलाई चुनावी खर्चको सीमा तोकेको छ ।

निर्वाचनसम्बन्धी ऐनको दफा ६२ मा मनोनयनपत्र दर्तादेखि परिणाम घोषणासम्मको अवधिमा राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारले अधिकतम चार लाखसम्म खर्च गर्न पाउने आयोगले जनाएको हो ।

जसअनुसार सवारी साधन र गोष्ठी तथा छलफलमा १/१ लाख, कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, सवारी इन्धन, प्रचार-प्रसार सामग्री, अन्य प्रचार-प्रसार, छापा एवं विद्युतीय माध्यममा २०/२० हजार, ढुवानीमा १५ हजार र मतदाता नामावली खरिदमा १ हजार खर्च गर्न पाइने कानुनी प्रावधान छ।

मंगलबार बेलुकी ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बुधबार (१७ फागुन)देखि ५ चैतसम्म आचारसंहिता लागू हुनेछ । २५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन हुँदै छ।

प्रतिक्रिया दिनुहोस
Advertisement