राष्ट्र बै‌ंककै कर्मचारी छल्छन् कर


काठमाडौं – तलबको तुलनामा २२० प्रतिशतभन्दा बढी भत्ता खाने राष्ट्र बैंकका कर्मचारीले सहुलियतपूर्ण ऋण शीर्षकमार्फत कर छली गरिरहेको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएको छ।

, ‘राष्ट्र बैंकले कर्मचारीलाई विभिन्न प्रकारका सहुलियत प्रदान गरेकामा आयकर ऐन २०५८ बमोजिम प्रचलित ब्याजदरभन्दा सहुलियत कम भएमा कम भएजतिको दरले हुन आउने रकमलाई कर्मचारीको आयमा समावेश गरी रोजगारीको आयमा गणना गर्नुपर्नेमा आयमा समावेश गरेको छैन’, प्रतिवेदनमा भनिएको छ, ‘यसबाट शुल्क र ब्याजबाहेक पाँच करोड ९८ लाख पारिश्रमिकमा कर असुल गर्नुपर्ने देखिन्छ।’

गतवर्ष यस्तो रकम पाँच कसरोड ५० लाख असुल गर्नुपर्ने भनी प्रतिवेदनमा उल्लेख गरेको छ। साथै राष्ट्र सरकारले सबै प्रकृतिका भत्ता खारेज गरे पनि राष्ट्र बैंकका कर्मचारीले २२० प्रतिशतसम्म भत्ता लिएको उल्लेख गरेको छ। ‘नेपाल सरकारले यो वर्ष सरकारी खर्चमा मितव्ययितासम्बन्धी निर्देशिका जारी गरी सबै सरकारी निकायमा विगतमा प्रदान गर्दै आएको स्थानीय भत्ता, लुगा भत्ता र महँगी भत्ताबाहेक अन्य सबै प्रकारका भत्ताहरू खारेज गरेको छ’, प्रतिवेदनमा भनिएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement