काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न चार देशका राजदूतले सोमबार सपथ लिएका छन् । सरकारले दुई साता अघि संयुक्त अरब इमिरेट्सका राजदूत कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि नेपाली राजदूतमा दीपक अधिकारीलाई नियुक्त गरेको हो ।
राष्ट्रपति भवन शितल निवास आयोजित कार्यक्रममा चारै राजदूतले सोमबार सपथ लिएका हुन् ।
सपथ कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरु सहभागी थिए ।
प्रतिक्रिया