राष्ट्रिय सभा सदस्यमा तीन जनाको नाम सिफारीस


काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारीस गरेका तीन जना नेताको नाम राष्ट्रपतिले फिर्ता पठाएपछि मन्त्रिपरिषद मंगलवार विहान बसेको बैठकले तीन जनाको नाम सिफारीस गरेको हो ।

राष्ट्रियसभा सदस्यमा पुर्व गर्भनर युवराज खतिवडा,पुर्व सांसद रामनारायण बिडारी र विना पौडेल राई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement