मौद्रिक नीतिमा के–के आयो ? (मौद्रिक नीतिको पूर्ण पाठसहित)


काठमाण्डु – नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा उल्लेख भए अनुसार कृषिमा १५ प्रतिशत लगानी अनिवार्य, वाणिज्य बैंकले उर्जा क्षेत्रमा १० प्रतिशत लगानी गर्नुपर्ने, वाणिज्य बैंकले पर्यटन र मझौला उद्योगमा १५ प्रतिशत लगानी गर्नुपर्ने जस्ता विषय समेटिएका छन् ।

एक बैंकको एटीएम कार्ड अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । कोभिड १९ का कारण बैंक तथा वित्तीय संस्थाका सीइओको तलबभत्ता तथा संचालकको भत्तामा पुनरावलोकन गरिने गभर्नर महाप्रसाद अधिकारीले घोषणा गरे ।

उनले बैंक तथा वित्तीय संस्थाको बोर्ड भत्तामा समेत कटौति गरिनेछ ।’ सञ्चालक समितिको वैठक भत्ता तथा सुविधा निर्धारण सम्बन्धमा मापदण्ड तर्जूमा गरिनेछ आज सार्वजनिक मौद्रिक नीतिमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement