स्वीकृति नलिई वित्तीय कारोबार गर्नेलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी


काठमाडौँ— पछिल्लो समय स्वीकृति नलिएरै वित्तीय कारोबार गर्ने क्रम बढिरहेका बेला नेपाल राष्ट्र बैंकले कारबाहीको चेतावनी दिएको छ।

बैंकले शुक्रबार विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यममा क्यासिनो, होटल, रिसोर्ट, अस्पताल, विद्यालय र कलेज आदिको नाममा न्यूनतम् दरमा ऋण उपलब्ध गराउने भन्दै प्रकाशित विज्ञापनप्रति गम्भीर ध्यानाकर्ष भएको जनाएको छ। र, राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम स्वीकृति नलिई कुनै पनि बैंकिङ तथा वित्तीय कारोबार नगर्न÷नगराउन भनेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम निक्षेप लिन वा कर्जा दिन बैंकको स्वीकृति लिनुपर्नेछ । बैंक वा वित्तीय संस्थाले बाहेक अन्य कसैले पनि बैंकिङ तथा वित्तीय कारोबार गर्न नपाउने कानूनी व्यवस्था छ । उक्त व्यवस्था विपरीत कसैले त्यस्तो कार्य गरे÷गराए प्रचतिल कानून बमोजिम कारवाही हुने बैंकले जनाएको छ ।
बैंककले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाबाहेक कोही कसैले निक्षेप सङ्कलन र कर्जा प्रवाह गरेको पाइए कानूनबमोजिम कारवाही हुने भएकाले त्यस्तो कार्य नगर्न÷नगराउन आग्रह गरिन्छ ।’ यही असार ४ गते मार्केट पर्स ग्लोबल कम्पनीले ६ प्रतिशत ब्याजदरमा पाँच अर्बसम्म ऋण दिने भन्दै विज्ञापन प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement