समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति पौडेल

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेल ले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताए । बिहीबार आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै,उनले सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने सुनिश्चितता हुनुपर्ने बताए।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता लोकतन्त्रका लागि अनिवार्य रहेको बताए ।

साथै राष्ट्रपतिबाट वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मा सम्मानित भएका छन् । त्यसैगरी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट भोला पासवान, उमेश श्रेष्ठ र रुपा गहतराज सम्मानित भए ।सम्मानित पत्रकारलाई जनही दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो।