काठमाण्डु – सरकारले बजेट अधिवेशनको औपचारिक सुरुआतका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आह्वान गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई वैशाख २८ गते सोमबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय गरेको हो ।
संविधानअनुसार प्रत्येक वर्षको पहिलो अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
राष्ट्रपतिको सम्बोधनमार्फत सरकारका आगामी नीति, प्राथमिकता र कार्यक्रम सार्वजनिक गरिन्छ ।




प्रतिक्रिया