काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झालेभेटवार्ता गरेका छन्।
शुक्रबार शीतल निवासमा उनीहरुबीच छलफल भएको हो ।
सुनसरीको कप्तानगन्जमा भएको घटनापछि तराई–मधेशमा उत्पन्न तनाव, कर्फ्यु र निषेधाज्ञा जारी भएको विषयमा छलफल भएको हो ।
उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राखेका थिए।
पूर्वराष्ट्रपति यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीति दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षमता राख्नुपर्ने बताएका छन्।




प्रतिक्रिया