जुद्ध सालिकबाट हिँडेरै वसन्तपुर पुगे राष्ट्रपति

जुद्ध सालिकबाट हिँडेरै वसन्तपुर पुगे राष्ट्रपति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेल वसन्तपुर पुगेका छन्। इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुगेका हुन्।

राष्ट्रपति पौडेललाई काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल लगायतका पदाधिकारीले स्वागत गरे।

अघिल्लो वर्षदेखि राष्ट्रपतिलगायत उच्चपदस्थ व्यक्तिहरू जुद्ध सालिकबाट हिँडेर जान थालेका हुन्।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ। राष्ट्रपतिले इन्द्रजात्रा हेर्ने चलन छ ।