राष्ट्रपतिसँग बंगलादेशका राजदूतको भेट


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्टे शाम्सले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेट गरेका छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सोमबार यूएस बंगलादेश विमान दुर्घटनामा बंगलादेशका नागरिकको निधन भएकोमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिन्।

उनले राजदूतमार्फत बंगलादेशका आफ्ना समकक्षी राष्ट्रपतिलाई समेत समवेदना सन्देश पठाएकी छन् ।

रासस

प्रतिक्रिया दिनुहोस
Advertisement