काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।
सरकारको सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले यसअघिका सीताकुमारी पौडेल र धर्मनाथ यादवलाई पदमुक्त गर्दै गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुकत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम दुई जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया