कोरोना महामारीको जोखिम टरिसकेको छैन, स्वास्थ्यसम्बन्धी नियम पालना गर्नुस् : राष्ट्रपति भण्डारी


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) बाट बच्न आवश्यक नियमहरू पालना गर्न आग्रह गरेकी छन् ।

सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको भोलिपल्ट राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमार्फत जनजीवन सहज पार्नका लागि मात्रै सरकारले लकडाउन सरल बनाएको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन । तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु ।’

११ चैतबाट सुरु भएको लकडाउन सरकारले ६ साउन राती १२ बजेदेखि अन्त्य भएको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement