काठमाण्डु – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । ग्राहकको बदलिदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनिकरण गर्न सेवा सुरु गरिएको बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बताए ।
सेवाको सुभारम्भ गर्दै उनले ग्राहकको चाहना अनुसार नयाँ–नयाँ बैंकिङ्ग प्रोडक्टको अनुसन्धान गर्नुपर्ने बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाल, भारत र भुटानमा चल्ने यो सेवा बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिने बताए ।
उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयश्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकलाई २० हजार देखि पाँच लाख रुपैंयासम्मको क्रेडिट लिमिट दिन सकिने बताए ।
क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ्ग, तोकिएको सीमा भित्र रहेर नगद समेत झिक्न मिल्ने सुविधा रहेको बताइएको छ । बैंकको हाल ७७ जिल्लामा २ सय ४७ वटा शाखा कार्यालय, २०९ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
प्रतिक्रिया