काठमाण्डु–राष्ट्रिय सभाकाे विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिहरूको निर्वाचन मिति तय भएको छ ।
निर्वाचन भदौ ३१ गते सोमबार अपराह्न १ः०० बजेलाई निर्धारण गरिएको हो ।
यस्तै, भदौ ३० गते सभापतिमा प्रस्तावदर्ता गर्ने छ । बिहान १०: ३० बजेदेखि अपराह्न १२ः३० बजे सम्म राष्ट्रिय सभा सचिवको कार्यालय नयाँ बानेश्वरमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम (२) बमोजिम प्रस्ताव दर्ता गर्ने कार्यक्रम रहेको राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्यालले बताए ।
सोही दिननै निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रम अनुसारको सूची प्रकाशन गर्ने तयारी रहेको छ भने ३१ गते अपराह्न १ बजे प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने तयारी रहेको सचिव अर्यालले जानकारी दिए ।
प्रतिक्रिया