राष्ट्रियसभाबाट ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक’ पारित

राष्ट्रियसभाबाट ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक’ पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रियसभाबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सर्वसम्मतिले पारित भएको छ ।

आजको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्राप्त उक्त विधेयक सभाको बहुमतले पारित गरेको हो ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रस्तुत गरेको सो विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो ।

विधेयकमाथिको छलफलमा सांसद गीता देवकोटा, सुरे कुमार आले मगर, रुक्मिणि कोइराला र विष्णु कमारी सापकोटाले भाग लिएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ १३ गते दिउँसो १ः१५ बजे बस्नेछ ।