राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


काठमाण्डु – राष्ट्रियसभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक दिउँसो १ बजेर ९ मिनेटमा बस्नेछ ।

आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको छ ।

बैठकमा विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ। ‍त्यस्तै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement