रास्वपाको केन्द्रीय समिति बैठक जारी


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थनबारे छलफल भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने विषयमा छलफल केन्द्रित रहेको छ ।

साथै बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको समीक्षा र पार्टीको संगठन विस्तारका विषयमा पनि छलफल हुनेछ । बैठक बस्नुअघि आइतबार रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

रास्वपाका अधिकांश नेताहरूले सरकारमा जान नहुने भन्दै दबाब बढाइरहेका छन् । सरकारमा जान नहुने मत बलियो हुँदै गएमा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिई प्रतिपक्षमा बस्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement