रास्वपाले बाेलायाे संसदीय दलको बैठक

रास्वपाले बाेलायाे संसदीय दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।

बैठक मंगलबार (भोलि) बिहान १०ः३० बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

त्यस्तै प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकबारे पनि छलफल हुने झाले बताए।

प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू पनि छलफलको कार्यसूची रहेको उनको भनाइ छ।