काठमाण्डु – रसुवामा आएको बाढीबाट प्रभावित १२ जनाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार रसुवाका विभिन्न स्थानबाट बाढीमा फसेका तथा प्रभावित १२ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको सेनाले जनाएको छ।
नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सुरु गरेको जनाएको छ।




प्रतिक्रिया