काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमाक्षेत्रमा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको अनुमान गरेको छ ।
प्राधिकरणले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार प्लानेट ल्याब्सको स्याटेलाइट तस्वीरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनले हिमचट्टान पहिरोपछि ल्हेन्दे खोलामा गेग्य्रान सहितको बाढी आएको देखाएको जनाएको छ ।
बाढी ल्हेन्दे खोलाबाट टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको प्रारम्भिक अध्ययनबाट देखिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको प्रारम्भिक अध्ययनले रसुवागढी आसपास देखिएको बाढीको सम्भावित कारणका रूपमा नेपाल–चीन सीमा क्षेत्रमा गएको हिमचट्टान पहिरोलाई देखाएको हो । थप अध्ययन तथा विवरणबाट घटनाको अवस्था र प्रभावबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया