रसुवा बाढी : त्रिशूली नदीको जलसतहले पार गर्‍यो खतरा तह, धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो

रसुवा बाढी : त्रिशूली नदीको जलसतहले पार गर्‍यो खतरा तह, धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशीमा आएको ठुलो बाढीका कारण त्रिशूली नदीको जलसतहले खतरा तह पार गरेको छ।

बुधबार पौने ११ बने मलेखुको फुर्केमा रहेको जलमापन केन्द्रमा त्रिशुली नदीको जलसितह खतरा तह पार गरेको रेकर्ड भएको छ ।

जलसतह अझै बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले नदी आसपास डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

यता रसुवामा आएको बाढीले धादिङको गल्छी क्षेत्र पार गरेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार धादिङमा अहिलेसम्म ठूलो मानवीय क्षति नभए पनि गल्छीमा एउटा झोलुङ्गे पुल बगाएको छ।

अहिले खोला किनारका जोखिमयुक्त बस्तीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। विशेष गरी मलेखु र गल्छी क्षेत्रका तटीय बस्तीहरू बढी जोखिममा रहेकाले त्यहाँका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गमा चल्ने गाडीहरूलाई पनि विभिन्न सुरक्षित ठाउँमा होल्ड गरेर राखिएको छ।