रसुवाको टिमुरेमा पहिरोमा परी ४ को मृत्यु, ५ वेपत्ता


काठमाडौं –रसुवाको टिमुरेमा पहिरोका कारण ४ जनाको ज्यान गएको छ । गत सातादेखी नै परेको अविरल वर्षापछिको पहिरोका कारण ४ जनाको मृत्यु हुनुका साथै अन्य ५ वेपत्ता छन् । पहिरोले टिमुरेमा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट र केही होटल समेत पुरिएका छन् ।

रसुवाका प्रहरी प्रमुख डिएसपी सन्तोष तामाङकाअनुसार पहिरोमा परि घाईते १२ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हराईरहेका यात्रुहरु होटलमा बसेका ड्राइभर र स्थानीय रहेको बताईएको छ ।

पहिरोले गोसाइँकुण्ड गाउँपालिकाको टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र होटल पुरेको हो । डिएसपी तामाङकाअनुसार पहिरोमा ज्यान गुमाउनेमा भोटेकोसी गाउपालिका सिन्धुपाल्चोकका श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगल तामाङ र सुस खड्का रहेका छन् । मृत्यु हुने सबै सवारी सालक रहेको तामाङले बताए ।

 

उनकाअनुसार अहिले प्रहरी र सेनाको टोलीले उद्दार कार्य जारी राखेको छ । पहिरोका कारण केही कन्टेनर तथा ट्रकसमेत पुरेको छ ।टिमुरे सदरमुकमा धुन्चेबाट २५ किलोमिटरको दुरीमा पर्छ । घटनास्थल चीनसँगको उत्तरी नाका रसुवागढी नजिकैको बजार हो ।

फोटो : जिल्ला प्रहरी कार्यालय रसुवा

प्रतिक्रिया दिनुहोस
Advertisement