रास्वपाको समानुपातिक सूचीमा मिस नेपाल देखि क्रिकेटर सम्म अटाए, को को परे ?

रास्वपाको समानुपातिक सूचीमा मिस नेपाल देखि क्रिकेटर सम्म अटाए, को को परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाएको छ।

रास्वपाले कलाकारदेखि क्रिकेटरसम्म गरि ११० जनाको सूची आयोगमा बुझाएको हो ।

रास्वपाले बुझाएको बन्द सूचीमा कलाकार प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म समावेश छन् ।

सोमबार राति रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर ११० जनाको नामावली पेस गरेको थियो ।

समानुपातिकको बन्दसूचीमा आदिवासी जनजातिको पुरुषतर्फ पहिलो नम्बर डा. राम रामा छन् । क्रिकेटर ज्ञानेन्द्र मल्लको नाम पाँचौं नम्बरमा छ ।

पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ समानुपातिक सूचीमा परेकी छन्। गायक प्रकाश सपुत समानुपातिक सूचीमा छन्। उनी सूचीको ७४ औं नम्बरमा छन्।

दलित क्लस्टरबाट उनी दोस्रो नम्बरमा छन्। क्लस्टरको पहिलो नम्बरमा रूपक विश्वकर्मा घिमिरे छन्।

त्यस्तै अभिनेत्री रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छन्। उनी दलित महिला क्लस्टरबाट पहिलो नम्बरमा परेकी छन्।

हेर्नुहोस् सूची