रास्वपाले बाेलायाे केन्द्रीय समितिकाे बैठक, यी ९ एजेन्डामा छलफल हुने

रास्वपाले बाेलायाे केन्द्रीय समितिकाे बैठक, यी ९ एजेन्डामा छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक भोलि (सोमबार) दिउँसो ३ बजे बस्नेछ ।

सभापति रवि लामिछानेको निर्देशन अनुसार बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस्तै आज जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनका विषयमा छलफल गर्न सचिवालय बैठक बस्दैछ ।

यस्ता छन् छलफलका एजेन्डा

-पार्टी गतिविधि व्रिफिङ ।
-केन्द्रीय सदस्यहरुको रिपोर्टिङ । (२० जना २ मिनेटका दरमा)
-केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा ।
-महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा ।
-विधान संशोधन सम्बन्धमा ।
-स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आब्हान सम्बन्धमा ।
-प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा ।
-सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा ।
विविधः
क. विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा ।
ख. विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन ।
ग.संसदीय दलको विधान संशोधन सम्बन्धमा ।