रास्वपाले बोलायो संसदीय दलको बैठक


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्ने भएको छ । सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दलको बैठक बोलाइएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार बैठक संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि छलफल केन्द्रित हुने छ । बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुने अर्यालले बताए । रास्वपा सभापति रवि लामिछाने बेलायतमा रहेका छन् । आजको बैठक दलका कार्यवहाक नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बस्ने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement