रास्वपाका सांसदहरूलाई लेटर हेड र कार्डमा ‘माननीय’ नलेख्न निर्देशन

रास्वपाका सांसदहरूलाई लेटर हेड र कार्डमा ‘माननीय’ नलेख्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले लेटर हेड र कार्डमा माननीय लेख्न नपाउने भएका छन् ।

बुधबार बसेको संसदिय दलको अनौपचारिक बैठकले सांसदहरूलाई लेटर हेड,कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन र माननीय सम्बोधन नगर्न निर्देशन दिएको हो ।

‘धेरै कुराहरू सिक्न बाँकी छ तसर्थ सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ।’ रास्वपा प्रवक्ता मनिष झाले भने ।

यस्तै आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि क्यान्डिडेट क्लवको अभ्यास गर्ने तयारी भएको पनि उनले जानकारी दिए । यस्तै सांसदहरुलाई कसैलाई आगामी निर्वाचनको टिकट बारे प्रतिबद्धता, अनावश्यक कुरा नगर्न निर्देशन दिइएको छ।

कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्ने प्रवक्ता मनिष झाले जानकारी दिए।