रास्वपाले सार्वजनिक गर्‍यो महाधिवेशन तयारी कार्यतालिका

रास्वपाले सार्वजनिक गर्‍यो महाधिवेशन तयारी कार्यतालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय महाधिवेशन तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

रास्वपाले पार्टीको केन्द्रीय निर्वाचन आयोगले २०८३ जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरिएको जनाएको हो।

रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ ।

सूचनाअनुसार ७७ जिल्ला तथा ७ प्रदेशमा निर्वाचन समिति गठनदेखि महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने कार्यसम्मका गतिविधि निश्चित समयसीमाभित्र सम्पन्न गरिनेछ।

कार्यतालिकाअनुसार जेठ ७ गतेदेखि विभिन्न गतिविधि सुरु हुनेछन्। जिल्ला तथा प्रदेश निर्वाचन समिति गठन, आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि पठाउने, स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन, जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने लगायतका कामलाई प्राथमिकता दिइएको छ।

त्यस्तै, महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने तथा प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेश गर्ने समयसीमा पनि तोकिएको छ। केन्द्रीय निर्वाचन आयोगले इलेक्ट्रोनिक भोटिङ मेसिन सम्बन्धी छलफलसमेत गर्ने जनाएको छ।

आयोगले प्रदेश समिति अध्यक्षहरूलाई जिल्ला समितिसँग समन्वय गरेर निर्धारित कार्यतालिका अनुसार काम सम्पन्न गर्न निर्देशन दिएको छ।