काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेश अधिवेशन तत्कालका लागि स्थगित गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि अधिवेशन स्थगित भएको जानकारी दिएको हो।
आयोगले पार्टी विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न अधिवेशनसम्बन्धी सबै गतिविधि रोकिएको जनाएको हो।
सूचनामा भनिएको छ मधेस प्रदेश अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत रूपमा सम्पन्न गर्न सुनिश्चित गर्नुपर्ने देखिएकाले हाललाई सबै प्रक्रिया रोकिएको हो। आयोगले प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधि स्थगित भएको छ ।
सूचनामा अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा संशोधित कार्यतालिका पछि औपचारिक रूपमा सार्वजनिक गरिने उल्लेख छ।
सूचनाको बोधार्थ पार्टी सभापति, महामन्त्री, संगठन विभाग, अनुशासन आयोग र मधेस प्रदेश समितिलाई समेत दिइएको छ।




प्रतिक्रिया