रास्वपाले वनस्थली छोड्ने, स्थायी कार्यालयका लागि घरजग्गा खोज्दै

रास्वपाले वनस्थली छोड्ने, स्थायी कार्यालयका लागि घरजग्गा खोज्दै

२१ दिनभित्र प्रस्ताव माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खरिद गर्ने भएको छ। पार्टीले आफ्नै स्वामित्वमा स्थायी कार्यालय स्थापना गर्ने उद्देश्यसहित इच्छुक घरधनी तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको हो।

पार्टी प्रवक्ता जगदीश खरेलद्वारा जारी सूचनाअनुसार, पार्टीको बढ्दो सांगठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै केन्द्रीय कार्यालयलाई अस्थायी व्यवस्थापनबाट आफ्नै स्वामित्वको स्थायी संरचनामा स्थानान्तरण गर्ने निर्णय गरिएको छ।

रास्वपाको २०८३ असोज १७ गते बसेको केन्द्रीय समिति बैठकले घर वा जग्गा खरिद गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ।

पार्टीले आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको तथा कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण रहेको घर खरिद गर्न चाहेको छ। त्यस्तै, आवश्यक पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा पनि खरिदको विकल्पमा राखिएको छ।

रास्वपाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र इच्छुक घरधनी तथा जग्गाधनीलाई प्रस्ताव पेस गर्न अनुरोध गरेको छ।

खरिदका लागि पूरा गर्नुपर्ने विस्तृत सर्त तथा मापदण्ड पार्टीले उपलब्ध गराएको कागजातमा उल्लेख गरिएको छ।