काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन क्यान्डिडेट क्लब समिति गठन गरेको छ।
समितिको संयोजकमा कविन्द्र बुर्लाकोटी रहेका छन् भने सदस्यहरूमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल रहेका छन्।
समितिको आज बसेको बैठकले उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक तयारी अघि बढाउने निर्णय गरेको रास्वपाका प्रमुख सचेतक बुर्लाकोटीले जानकारी दिए ।
बैठकले उम्मेदवारका आकांक्षी तथा आवेदकबाट आवश्यक विवरण र कागजात संकलन गर्ने प्रक्रिया निर्धारण गर्ने, विभिन्न क्षेत्रका योग्य तथा सक्षम व्यक्तिलाई पार्टीको उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउन ल्याटेरल इन्ट्री, आवेदन फारम तयार गर्ने तथा दाबी–विरोध सम्बन्धी फारम र प्रक्रिया तयार गर्ने विषयमा छलफल गरेको छ।


प्रतिक्रिया