किन गर्‍यो रास्वपाले चुनाव चिह्न घन्टीमा फेरबदल ?


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घन्टी चुनाव चिह्नको स्वरुपमा परिवर्तन गरेको छ। बुधबार पार्टी केन्द्रीय समितिको बैठकले चुनाव चिह्नको स्वरुपमा फेरबदल गर्ने निर्णय गरेको हो ।

उक्त बैठकको निर्णयबमोजिम निर्वाचन आयोगमा चुनाव चिह्न फेरिएको उपसभापति डोलप्रसाद अर्यालले बताएका छन् । जसअनुसार यसअघि रास्वपाको चुनाव चिह्न गोलाकारभित्रको घन्टी रहेकामा त्यसलाई बदलेर घन्टी मात्रै राखिएको छ ।

चुनाव चिह्न बदली बोल्न, लेख्न र प्रचार-प्रसार गर्न सहज होस् भन्ने उद्देश्यले चुनाव चिह्नमा फेरबदल गरिएको उपसभापति डोलप्रसादले जानकारी दिएका छन् ।

‘गोलाकारभित्रको घन्टीभन्दा लामो र भद्दा भयो। यसमा अरु कुनै कारण छैन। धेरै फेरिएको पनि होइन।गोलाकारभित्रको घन्टी भन्नुभन्दा घन्टी मात्रै भन्दा सहज हुन्छ। चुनाव चिन्हमा फेरबदल गर्नुको कारण पनि यही हो।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement