रास्वपाले एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले उप-राष्ट्रपति निर्वाचनको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई भोट नदिने भएको छ । रास्वपाले यसभन्दा अघि राष्ट्रपतिमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो ।

तर, उप–राष्ट्रपति निर्वाचनको निर्वाचनमा भने सत्ता गठबन्धनका उम्मेदवार राससहायप्रसाद यादवलाई मत नदिने भएको हो । राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने मान्यता आफ्नो रहेको रास्वपाले जानकारी दिएको छ ।

रास्वपाले उप–राष्ट्रपतिका महिला उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा मध्ये कसलाई मत दिने खुलाएको छैन । एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना बढी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement