२ हजारभन्दा धेरै भिजिट भिसा पीडित नेपाली सम्पर्कमा आए : रास्वपा

२ हजारभन्दा धेरै भिजिट भिसा पीडित नेपाली सम्पर्कमा आए : रास्वपा


काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २ हजारभन्दा धेरै भिजिट भिसा पीडित नेपाली आफूहरूको सम्पर्कमा आएको बताएको छ ।

रास्वपाले गत जेठ १४ गते भिजिट भिसा वा मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएका नेपालीलाई सम्पर्कमा आउन आह्वान गरेको थियो ।

त्यो क्रममा भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले भने ‘त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनुभयो । हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका हौं । र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो ।’