रास्वपा नेताहरुको जिम्मेवारी हेरफेर,नीति विभाग प्रमुखमा स्वर्णिम

रास्वपा नेताहरुको जिम्मेवारी हेरफेर,नीति विभाग प्रमुखमा स्वर्णिम

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका केही नेताहरुको विभागीय जिम्मेवारी हेरफेर गरेको छ।

बिहीबार बसेको रास्वपा सचिवालय बैठकले नीति तथा विचार विभाग प्रमुखको जिम्मेवारी उपसभापति स्वर्णिम वाग्लेलाइ दिने निर्णय गरेको हो ।

यस्तै विभागको उपप्रमुखमा सन्तोष परियार, अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा मनिष झा र कृषि विभाग प्रमुखमा राजन गौतमलाई चयन गरेको प्रवक्ता मनिष झाले बताए ।

बैठकले शनिबार बिहान ९ बजे लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सभापति रवि लामिछानेमाथि लगाइएको झुट्टा र प्रतिशोधपूर्ण मुद्दाको वर्तमान अवस्था र भिजिट भिसा काण्डमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भयो । उक्त मुद्दा विरुद्ध पार्टी एकढिक्का भएर अघि बढ्ने तथा भिजिट भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने ।’

यस्तै, सांसद सुमना श्रेष्ठमाथि गृहमन्त्री रमेश लेखकले लगाएकाे आरोपको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको” भन्ने भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। पार्टीले यसलाई संसदको रोष्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित शृङ्खलाको एक हिस्सा मानेको छ। पार्टीले स्पष्ट गर्दछ कि यस्तो व्यवहारप्रति कुनै प्रकारको प्रोत्साहन दिइएको छैन । तथापि, पार्टीमा आबद्ध कुनै व्यक्ति संलग्न भए/नभएको यकिन गर्न प्रा।डा। चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।’