काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ ।
पार्टीको तेस्रो स्थापना दिवसको उपलक्ष्यमा शनिबार बसेको केन्द्रीय समिति बैठकले कार्यवाहक महामन्त्री वुर्लाकोटीलाई कार्यवाहकबाट हटाएर महामन्त्री बनाएको छ ।
यस्तै बैठकले कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई प्रवक्ता बनाएको छ ।
रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि यी दुवै पद कार्यवाहकका रुपमा रहेका थिए ।
निर्वाचन आयोगले रास्वपाका संस्थापक महामन्त्री ढकाललाई महामन्त्रीमै रहेको पत्र दिएको भोलिपल्ट रास्वपाले केन्द्रीय समिति बैठकबाट यस्तो निर्णय गरेको हो ।
प्रतिक्रिया