रास्वपाले जेनजीलाई लिएर ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने

रास्वपाले जेनजीलाई लिएर ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘बृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

रास्वपाको बुधबार बसेको सचिवालय बैठकले आगामी कार्तिक १४ गते ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको हो ।

जेनजीले सुशासन र प्रणालीगत सुधारका लागि गरेका आन्दोलनपछि बनेको परिवर्तित राजनीतिक परिवेशमा दिगो रूपान्तरण र समान सोच भएका शक्तिबीच सहकार्य अघि बढाउने उद्देश्यले यो संवाद गर्ने निर्णय गरिएको रास्वपाले जनाएको छ ।

रास्वपाले ‘बृहत् राजनीतिक संवाद’ का मुख्य ३ उद्देश्य रहेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘प्रवास र स्वदेशमा रहेका आम नेपाली जनताले आशा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक, अभियन्ता र नवयुवाहरूबीच सार्थक सहकार्य नहुँदा पुनः पश्चगमनको जोखिम बढ्न सक्छ, त्यसैले खुला र साझा संवादमार्फत साझा बाटोको खोजी गर्ने निर्णय गरिएको हो।’

यस्ता छन् ३ उद्देश्य
१. आन्दोलनको उत्पत्ति, नतिजा र सुधारका सन्देशबारे साझा बुझाइ बनाउने।
२. लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि वृहत् एकता र सहकार्यको रेखांकन गर्ने।
३.आगामी प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारी र दीर्घकालीन रूपान्तरणको अवसरका रूपमा उपयोग गर्ने सम्भावनाबारे छलफल गर्ने।