काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक चितवनको भरतपुरमा शनिबार बस्दैछ । महाधिवेशनको तयारीसँगै रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो।
महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार भरतपुरको होटल एमिटीमा दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनलगायतका एजेन्डामा छलफल हुनेछ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि भरतपुरमा सुरु हुँदैछ । महाधिवेशनको तयारी स्वरुप केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
बैठकमा महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ ।
यस्तै बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने महामन्त्री बुर्लाकोटीले बताए ।




प्रतिक्रिया