उपनिर्वाचनमा घण्टी नबजेपछि रास्वपाले बोलायो केन्द्रीय समिति र सचिवालय बैठक


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल हुनेछ । त्यस्तै रास्वपाले शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ बैशाखमा संसदीय दलको बैठक बोलाएको हो ।

इलाम–२ मा भएको उपनिर्वाचनमा रास्वपाले चौथो स्थानको मत ल्याएको छ । रास्वपाका नेताहरुले उक्त परिणामलाई अनपेक्षित भनेका छन् । नयाँ गठबन्धन बनेपछि रास्वपा सरकारमा सहभागी भएको २१ वैशाखमा दुई महिना पुग्दैछ ।

पार्टी बैठकमा सरकारमा सहभागीता र प्रभावकारिताबारे छलफल रास्वपाले जनाएको छ । सरकारमा सहभागि भएकाले पनि उपनिर्वाचनमा घण्टी नबजेको पनि रास्वपाका नेताहरुले दावी गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement