सेनाका रथी हमालले अवकास पाए,राणा रथीमा बढुवा हुंदै


काठमाण्डु – नेपाली सेनाका रथी ईश्वर हमालले अवकास पाएका छन् । हाल अनडफ मिसनमा फोर्स कमाण्डरको रुपमा कार्यरत रहेका रथी हमालले ३७ वर्ष लामो सैनिक जिवनबाट सोमबार अवकास पाएका हुन ।

हमाल २०४० साल कात्तिक २२ मा सैन्य क्याडेटका रुपमा नेपाली सेनामा प्रवेश गरेका थिए । त्यसपछि उनले सेनाका विभिन्न महत्वपूर्ण विभागमा बसेर काम गरेका थिए । उनि सेनाका निकै व्यवसायीक अधिकृतहरुमध्ये पर्छन । हमालले अमेरिकाबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् ।

सरकारले उनको अवकासपछि समेत मिसनमा रहंदासम्म तीन तारे जर्नेलका रुपमा काम गर्न पाउने गरी स्विकृती दिइसकेको छ ।

हमालले अवकास पाएसंगै उनको ठाउंमा बढुवाको प्रक्रिया अघि बढीसकेको छ । प्रधानसेनापति प्रभुराम शर्माले यसअघि आफ्नै रिक्त दरबन्दीमा सेनाका उपरथी बालकृष्ण कार्कीको बढुवा प्रक्रिया समेत दरबन्दी रिक्त नहुंदै अघि बढाएका थिए । उनि हाल सेनाको रथीमा बढुवा भइसकेका छन् ।

हमालको ठाउंमा सैनिक मुख्यालयले वरियतामा एक नम्बरमा रहेका उपरथी सरोज प्रताप राणाको बढुवा अघि बढाएको छ । उनको उमेर र शैक्षिक योग्यताको बारेमा यसअघि उपरथी बढुवाको बेला बिवाद आएको थियो ।

पछी त्यो प्रमाणित नभएपछि उनको बढुवा अघि बढेको थियो । सैनिक क्याडेटमा भर्ना भएका बेला राणाले सेनामा बुझाएको नागरिकताको विवरण र पछी पेश गरेको विवरण फरक परेपछि विवाद भएको थियो । तर, उनले जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट नागरिकता प्रमाणित गरेर यसअघि नै सैनिक सचिवको कार्यालयमा बुझाइसकेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement