रवि लामिछानेकाे रिहाई माग गर्दै काठमाडौंमा प्रदर्शन


काठमाडौं – न्यूज २४ टेलिभिजनकर्मी रवि लामिछानेलाई रिहाईको माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्रविरुद्ध भन्दै नेपालका लागि नेपाली नामक समूहले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरुले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेको कुनै संलग्नता नभएपनि फसाउन खोजिएको दाबी गरेका थिए । साउन २० मा पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेपछि सार्वजनिक भएको भिडियोका आधारमा लामिछानेसहित अस्मिता कार्की र पत्रकार युवराज कँडेल पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement