रवि लामिछानेको रिहाईको माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन


काठमाडौं – पत्रकार शाकिराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर पक्राउ परेका न्यूज २४ टेलिभिजनका काकार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई म्याद थप गर्न जिल्ला अदालत लैजाने तयारी भइरहेको छ ।

यसैबीच रवि लामिछानको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि उनका समर्थकहरुले नाराबाजी गर्न थालेका छन् । पुडासैनीको आत्महत्या प्रकरणमा न्युज २४ टेलिभिजनमा कार्यरत लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरेर बिहीबार मध्यराति चितवन लगिएको थियो ।

तर रविलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले निर्सत रिहाइको माग गर्दै नाराबाजी गरिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement