काठमाण्डु-आफ्नो सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले यसलाई राजनीतिक पूर्वाग्रहको संज्ञा दिएको छ ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रवार राति अबेर विज्ञप्ति निकालेर न्यायिक निकायको छानबिनलाई सघाउन सधैँ तयार रहँदारहँदै राजनीतिक प्रतिशोध कदापि स्वीकार्य नहुने उल्लेख गरेका छन् ।
उनले संसदीय छानबिन समितिले सहकारी ठगीमा सभापति लामिछानेको कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा त्यही मुद्दामा सभापतिलाई बिना कारण र बिना आधार पक्राउ गरेर आमनागरिकको सहकारीमा डुबेको ८७ अर्ब रुपैयाँ अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल शुरू भएको आरोप लगाएका छन् ।
गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाइडबडी जस्तो अर्बाैंको घोटालामा आपसी समझदारीमा एकअर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका रास्वपाको आरोप छ ।
प्रतिक्रिया