रास्वपा सभापति लामिछानेले गरे अयोध्यामा राम मन्दिरको दर्शन

रास्वपा सभापति लामिछानेले गरे अयोध्यामा राम मन्दिरको दर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का सभापति रवि लामिछाने उत्तर प्रदेशको अयोध्यामा अवस्थित राम मन्दिरको दर्शन गरेका छन् ।

नयाँ दिल्लीमा राजनीतिक भेटघाट र कूटनीतिक संवाद सकेर सभापति लामिछाने नेतृत्वको रास्वपा टोली अयोध्या प्रस्थान गरेको हो।

अयोध्यास्थित होटल दि रेडिशनमा रहेका लामिछानेसहितको टोलीले शुक्रबार बिहान राम मन्दिर दर्शन गरेका हुन् ।

लामछानेको स्वागतमा भाजपा नेता, जिल्ला मजिस्ट्रेट पुगेका थिए। उनीहरूले अयोध्याको राम मन्दिरको आकृति रहेको उपहार प्रदान गरेका थिए। विधायक बेद प्रकाश गुप्ता, सिटि मेजिस्टेट संजिवकुमार उपाध्याय, मेयर ग्रिस पतित त्रिपाठी र डिएम संशाक त्रिपाठी लगायतको सहभागितामा करिब ४५ मिनेट राम मन्दिर दर्शन गरेका थिए।

४५ मिनेट राम मन्दिर दर्शन गरेका लामिछानेसहितको टोली लखनउ–दिल्ली हुँदै काठमाण्डु फर्किदै छन्। राममन्दिर दर्शनका लागि सभापति लामिछाने, पत्नि निकिता पौडेल, सचिवालय सदस्यहरू दीपक बोहरा र बिपिन आचार्य पनि सहभागी भएका थिए।

लामिछानेसहित पाँच दिने भ्रमण टोलीको भारत भ्रमण रामको जन्मभूमि अयोध्या पुगेर शुक्रबार टुंगिएको छ। भ्रमणका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री डा. एस जयशंकर, गृहमन्त्री अमित शाह र भाजपाका अध्यक्ष नितिन नबिनका साथै अन्उ नेताहरूसँग भेटघाट गरेका थिए ।