अफेयर फेसन डिजाइनरसँग, विवाह इन्जिनियरसँग


हालै जारी भएको आइसीसी ¥याङकिङमा भारतीय क्रिकेटर रवीन्द्र जडेगा नम्बर वान टेष्ट अलराउण्डर बनेका छन् । उनले बंगलादेशी क्रिकेटर शाकिब अल हसनलाई पछाडि पार्दै यो पोजिशन हात पारेका हुन् ।

उनलाई कोलम्बोमा श्रीलंका विरुद्ध भएको दोस्रो टेष्ट म्याचमा गरेको शानदार प्रदर्शनको फाइदा मिल्यो । ६ डिसेम्बर १९८८ मा गुजरातमा जन्मिएका रवीन्द्र जडेजा अप्रिल २०१६ मा रीवा सोलंकीसँग विवाह बन्धनमा बाधिए । तर, रीवा उनको पहिलो प्रेमिका होइनन् ।

विवाहभन्दा पहिला रवीन्द्र जडेजाको अफेयर चेतना झा नामकी केटीसँग थियो । उनीहरु दुवै जना सँगैं सन् २०१३ मा जयपुरमा देखिएका थिए ।

पेशाले फेसन डिजाइनर चेतना र जडेजाका कयौं तस्वीरहरु त्यो बेला सोसल मिडियामा भाइरल भएका थिए । यतिसम्मकी आइपीएलका दौरान एक पटक चेतना जडेगासँगै टिमको बसमा पनि देखिएकी थिइन् ।

तर, करिब ३ वर्षसम्म चलेको रिलेसन ब्रेकअप भएपछि जडेजाले रिवासँग विवाह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement