प्रचण्डको सचिवालयले भन्यो -रअ प्रमुखसँग भेट भएको छैन


काठमाण्डु –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको बताएको छ ।

केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ भनेर प्रकाशित समाचारको खण्डन गरेको हो ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पनि भारतीय गुप्तचरसँग प्रचण्डको भेट नभएको बताए । साथै उनले आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील पनि गरेका छन् ।

 सचिवालको विज्ञप्ति :

भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।

विष्णुप्रसाद सापकोटा ‘जुगल’

प्रेस संयोजक

अध्यक्ष प्रचण्डको निजी सचिवालय

प्रतिक्रिया दिनुहोस
Advertisement