नयां दिल्ली- भारतीय खुफिया एजेन्सी (रअ)का प्रमुख सामन्तकुमार गोयलको पदावधि थप भएको छ । भारत सरकारले गोयलको पदावधि एक वर्षका लागि थप गर्ने निर्णय गरेको हो ।
यसअघि उनको पदावधि जुन ३० मा १ वर्षका लागि थप भएको थियो । उनको थप भएको पदावधि यही जुन ३० मा सकिदै थियो । सरकारले फेरी उनलाई एक वर्षका लागि रअको पदमा राख्ने निर्णय गरेको हो ।
यसअघि भारतमा रअको प्रमुखको पदावधि सकिनुभन्दा एक महिना अघि नै नयां प्रमुख नियुक्त गर्ने चलन थियो । तर, यसपटक भने उनको पदावधि थप अन्तिम समयमा भएको हो ।
गोयल आइपिएस अफिसर हुन् । रअका प्रमुख गोयलको पदावधी एक वर्ष थप भए भएसंगै उनि लामो समय उक्त पदमा बस्ने गूप्तचर अधिकारी बन्न सफल भएका छन् ।
रअका संस्थापक रहेका रामेश्वरनाथ काओ सबैभन्दा लामो समय १९६८ देखी १९७७ सम्म पदमा बसेका थिए । त्यसपछी नौशेरवन फ्रामजी सुनटेक १९७७ मा ५३ वर्षको उमेरमा रअको प्रमुख बनेका थिए । सुनटेक समेत ५ वर्ष १० महिना पदमा बसे ।
रअका प्रमुख विक्रम सुद र ए एस स्याली समेत तीन वर्षभन्दा बढी संगठनको प्रमुख बनेका थिए । गोयल यसअघि नेपाल र भारतबीच सीमा विवाद हुंदा नेपाल भ्रमणमा आएका थिए । उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर भेटेको विषयले विवाद सिर्जना गरेको थियो ।




प्रतिक्रिया