किन बाधिन्छ रक्षा बन्धन ? यस्तो छ कारण

किन बाधिन्छ रक्षा बन्धन ? यस्तो छ कारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरुको पवित्र चाड हो । रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर मनाइँदैछ । । प्रत्येक वर्ष तिथिका आधारमा मनाईने यो चाड प्रत्यक वर्ष महिना, बार र गते फरक फरक हुने गर्दछ ।

रक्षा बन्धनको चलन कसरी चल्यो अथवा रक्षा बन्धनको नाम कसरी रक्षा बन्धन रहन गयो भन्ने बारेमा अनेक प्रश्नहरु समय—समयमा उठ्ने गर्छन् ।

 रक्षा बन्धन बाध्नुको यस्तो छ कारण

सत्य यूगमा दानवद्वारा लखेटिएका देवगणहरुलाई बचाउन देवगुरु बृहस्पतिले तयार गरेको रक्षा बन्धन डोरोबाट अत्यन्त बलशाली दानव बलिराजलाई बाँधि देवगणहरुको रक्षा गरेका थिए त्यसले नै म तिमिलाई बाँध्दछु सुरक्षित होऊ, बिचलित नबन भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

सत्य युगमा कुनै पनि मानिस धर्म तथा कर्मबाट बिचलित नभई निष्ठापूर्वक आफ्नो काम गर्नको निम्ति देवगुरुबाट रक्षा बन्धन बाधिएको थियो त्यसैगरि आज पनि दानवी शक्तिबाट रक्षित हुन वा आफ्नो मन बिचलित नहोस, सधै सत्कर्ममा मन गईरहोस, विधि तथा कानुनको अधिनमा रहेर हाम्रो दैनिक क्रियाकलाप सञ्चालित होस् भन्ने कामनाका साथ रक्षा बन्धन आफ्नो गुरु तथा पुरोहितबाट बाँध्ने चलन आज पनि छ ।