अमेरिका र क्यानडामा रहेका नेपालीलाई लक्षित गर्दै एकै पटक दुई नेपाली ‘रियालिटी सो’ को घोषणा


काठमाण्डु – ‘इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले एकै पटक दुई रियालिटी सोको घोषणा गरेको छ ।

 फाउण्डेशनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘मेरो भ्वाइस कप अमेरिका युएसए–२’ र ‘मेरो डान्स कप युएसए–४’ को घोषणा गरेको हो ।

अमेरिका र क्यानडामा रहेका नेपाली भाषीहरुलाई लक्षित दुबै रियालिटी सो गर्न लागिएको फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए । उक्त दुई सो जनवरीबाट सुरु गर्ने उनले बताए ।

‘मेरो भ्वाइस कप अमेरिका युएसए–२’ को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल छन् । यस्तै, ‘मेरो डान्स कप युएसए ४’ कोे निर्णायकमा भने अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शंकर बिसी, अभिनेत्री केकी अधिकारी र नरमान राई छन् ।

अध्यक्ष अधिकारीले ’मेरो भ्वाइस कप २’ को उद्घाटन नोभेम्बर २७ तारिखमा बेलडाँगीमा गर्ने बताए । यो फाउन्डेसनले नेपालमा रहेका ज्येष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्तासमेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement