नेपालमा भएकाे वर्षामा धुलो देखिनुकाे यस्तो रहेछ कारण


काठमाडौं– पछिल्लो समय नेपालमा भएको वर्षामा धुलोको कणहरु देखिनुको कारण भारतको राजस्थानलगायत आसपासका क्षेत्रको धूलो आँधी कारक रहेको मौसमविदहरुले ठहर गरेका छन्।

पश्चिमी वायुको प्रभावका कारण उक्त धुलो उच्च वायुमण्डलमा प्रवेश गरेकाले मध्यपहाडी भेग र दक्षिणतिरका भू–भागमा धमिलो वर्षा (धमिलो वा पहेँलो रंगको हिलो मिसिएको पानी) भइरहेको  का कणहरु नेपाली वायुमण्डलमा मिसिएपछि धमिलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार शुक्रबार राति पश्चिमबाट प्रवेश गरेको धुलो वर्षा काठमाडौँमा पनि भएको छ । उपत्यकामा विभिन्न क्षेत्रमा बिहान र अहिले पनि धुलो वर्षा भएको हो ।

उच्च वायुमण्डलमा धुलोका कण अझै पनि रहेकाले एक-दुई दिन जारी रहने मौसमविद् अर्यालको भनाइ छ।

मौसमविद्को भाषामा ‘डस्ट स्ट्रोम’ भनिने धमिलो वर्षा भारतको राजस्थान, दिल्ली हुँदै नेपाल प्रवेश गरेको हो।

धमिलो वर्षामा रसायनिक तत्वको समिश्रण हुनसक्ने खतरा रहेकाले त्यस्तो पानी उपयोग नगर्न उनको सुझाव छ।

राजस्थान आसपासका मरुभूमिमा अझै पनि धुलोको हुरी चलिरहेको र सो पूर्वतिर सर्ने क्रम जारी रहेको हुँदा मनसुन सक्रिय भई देशको पश्चिमी भागसम्म नाफैलिँदासम्म अझै केही दिन सो धुलोको प्रभाव नेपालको वायुमण्डल तथा पर्ने पानीमा देखिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement